You are viewing the translated version of उजुरी वा सुचना दर्ता गर्नु पर्ने.

Section 37
उजुरी वा सुचना दर्ता गर्नु पर्ने
(१) ऐनको दफा १३ बमोजिम सम्पत्ति शुद्दीकरण सम्बन्धी कसूरको उजुरी वा सूचना दिँदा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को अनुसूची-१ बमोजिम जाहेरी दरखास्तको लागि निर्धारण गरिएको ढाँचामा दिनु पर्नेछ।

(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि सम्बद्ध कसूरको उजुरी वा सूचनाको सम्बन्धमा- विशेष कानूनमा छुट्टै व्यवस्था भएकोमा सो कसूरसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूरको उजुरी वा सूचना त्यस्तो विशेष कानूनमा उल्लेख भए बमोजिम दिन बाधा पर्ने छैँन।

(३) ऐनको दफा १० बमोजिम वित्तीय जानकारी इकाईबाट प्राप्त विश्लेषणको निष्कर्ष सहितको सूचना वा जानकारी वा अनुसन्धान अधिकारीको माग बमोजिम पठाएको सूचना वा जानकारी छुट्टाछुट्टै रुपमा दर्ता गरी गोप्य रूपमा राख्नु पर्नेछ।